Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - भाटभटेनी प्रचण्डको हो भनेर हैरान पार्थे, ओलीले प्रष्ट पारिदिए !

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - भाटभटेनी प्रचण्डको हो भनेर हैरान पार्थे, ओलीले प्रष्ट पारिदिए !

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले क्लियर गरिदिएको बताएका छन् ।

काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफ्नो एउटा हैरानी प्रधानमन्त्री ओलीले सल्टाइदिएको बताए।

अध्यक्ष प्रचण्डले भने,'म होइन भन्छु, पत्याउँदैनथे। कसरी क्लियर गर्नेहोला भनेर म हैरान थिएँ । कसरी क्लियर गर्नेहोला। केपी ओलीले क्लियर गरिदिनुभयो,मैले बोल्नैपरेन। म खुशी छु।'

अध्यक्ष प्रचण्डले भाटभटेनी प्रचण्डको हो भन्ने आरोप आफूले वर्षौंदेखि खेपिरहेकोमा प्रधानमन्त्री ओलीले यसपालि क्लियर गरिदिएको बताए।

उनले ललितानिवासको सरकारी जग्गा प्रकरणमा कारबाही चलाइरहँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको बताए।

प्रधानमन्त्री ओलीले पहिल्यैदेखि एमालेको कार्यकर्ता हो भनिदिएपछि भाटभटेनीलाई लिएर आफूमाथि लाग्ने आरोप दूर भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077