Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी

सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने उनको चेतावनी छ ।

वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीपंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077