Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरीबाटै स्थानीय असुरक्षित, चौकी नै अर्को ठाउँमा सारियो !

प्रहरीबाटै स्थानीय असुरक्षित, चौकी नै अर्को ठाउँमा सारियो !

शनिवार , कार्तिक १०, २०८१

बैतडी । बैतडीमा प्रहरी हवल्दार नै किशोरी बेपत्ता प्रकरणमा मुछिएपछि प्रहरी चौकी सारिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको महाकाली प्रहरी चौकीलाई सारिएको हो ।

डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको बताइएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो । प्रहरीबाटै आफूहरु असुरक्षित रहेको भन्दै स्थानीयले प्रहरी चौकी सार्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077