Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एकीकृत समाजवादीको निर्देशन - सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सकाउनू

एकीकृत समाजवादीको निर्देशन - सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सकाउनू

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आउँदो मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समयसीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।

साथै, पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्यांकन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077