Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका १२ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीका १२ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ ।

कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077