Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

आइतवार , कार्तिक ११, २०८१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दुई छुट्टाछुट्टै स्थानमा छापा मार्दा नगद र ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गएराति धनगढी उपहमानगरपालिका–९ बङ्ग्राकटानमा छापा मारेको थियो । राति १ बजे खेतबारीमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ३४ वर्षीय हरि विष्ट मुख्य अभियुक्त रहेको बताइएको छ । उनीहरूको साथबाट रु २८ हजार ५६० नगद र १ गड्डी तास बरामद गरिएको छ ।

त्यसैगरी, गएराति २ः५० बजे वडा नम्बर ७ बेलिबजारस्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये २९ वर्षीय हिक्मत थापा प्रमुख व्यक्तिका रूपमा पहिचान भएका छन् ।

सोही स्थानबाट प्रहरीले रु ६४ हजार २३५ नगद र १ गड्डी तास बरामद गरेको छ । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले दुवै स्थानमा छापा मारेको थियो । पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077