Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लागूऔषधसहित धनगढीबाट समातिए तीनजना

लागूऔषधसहित धनगढीबाट समातिए तीनजना

आइतवार , कार्तिक ११, २०८१

कैलाली । कैलालीमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । धनगढी उपमहानगरका तीन स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली उपमहानगरपालिकाको वडा नम्बर १ शिवनगरबाट २१ वर्षीय अर्जुन बोगटीलाई पक्राउ गरेको छ। उनको साथबाट पाँच सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

यस्तै वडा प्रहरी कार्यालय धनगढीले नै धनगढी उपमहानगरपालिका–५ बाट १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। उनको साथबाट पाँच् सय ४० मिलिग्राम खैरो हेरोइन र १५ ट्यावलेट ट्राबेन्डाटोल बरामद गरिएको छ।

यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्कले बसपार्क क्षेत्रबाटै दीपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई पक्राउ गरेको छ। उनको साथबाट ७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077