Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाले गर्‍यो थप आन्दोलनको घोषणा

सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाले गर्‍यो थप आन्दोलनको घोषणा

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

सहकारी ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री समेत रहेका रवि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको भन्दै रास्वपाले तत्काल रिहाइको माग गरेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको छ । राजनीतिक प्रतिशोध त्यागी तत्काल उहाँको रिहाइ गर्न सरकारसँग माग गर्दछौं ।’

पार्टीले राजनीतिक प्रतिशोध, भ्रष्टाचार, र बेथितिविरुद्ध तथा सहकारीपीडितको ८८ अर्ब रकम फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरिने रास्वपाले जनाएको छ ।

साथै, राजनीतिक संवादका लागि अर्का उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरी सातै प्रदेशमा आन्दोलनका लागि प्रदेश समिति पनि गठन गरिनेछ । ‘न्यायका लागि हाम्रो अभियान कुनै हालतमा रोकिँदैन, हामी जनताको पक्षमा सधैँ खडा रहनेछौं,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077