Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलाली प्रहरीमाथि धनगढीका मेयर गोपाल हमालले किन उठाए प्रश्न ?

कैलाली प्रहरीमाथि धनगढीका मेयर गोपाल हमालले किन उठाए प्रश्न ?

आइतवार , कार्तिक ११, २०८१

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कैलाली प्रहरीमाथि प्रश्न उठाएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जिल्ला प्रहरी कार्यालय कैलालीमाथि प्रश्न उठाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, 'कैलाली जिल्ला प्रहरी ?' तर उनले किन प्रहरीमाथि प्रश्न तेर्साएका हुन त्यो भने खुलाएका छैनन् । तर स्रोतका अनुसार शनिबार मेयर हमालका आफन्त भारतबाट उपमहानगरपालिकाको गाडीमा फर्किएका थिए ।

सोही क्रममा प्रहरीले धनगढीको ट्राफिक चौराहामा चेकजाँच गरेको थियो । त्यही विषयलाई लिएर मेयर हमालले प्रश्न उठाएको हुनसक्ने बताइएको छ । उसो त शनिबार सार्वजनिक सवारी चलाउन पाइँदैन ।

यता कैलाली प्रहरीले दिपावलीलाई मध्यनजर गरेर सिमानाकामा कडाई गरेको छ । सिमामाबाट भित्रिने सबै गाडीमा कडा निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077