Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनको मूल्यमा फेरि नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात रूपैयाँ बढी हो। यस्तै शुक्रबार भने एक लाख ६६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ७० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077