Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नागार्जुनबाट पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

नागार्जुनबाट पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । प्रहरीले पेतस्तोलसहित एक जना नेपाली सेनाका सिपाहीलाई पक्राउ गरेको छ।

नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जना सेनाका सिपाहीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाका आधारमा प्रहरी टोल रानीवनमा पुगेको थियो ।

उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।

उनीबाट युएसए लेखिएको पेस्तोल बरामद गरिएको छ। गोली भने फेला परेको छैन ।

उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077