Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारले जनकपुर चुरोट कारखानालाई निजीकरण गर्न खोज्यो : विमलेन्द्र निधि

सरकारले जनकपुर चुरोट कारखानालाई निजीकरण गर्न खोज्यो : विमलेन्द्र निधि

आइतवार , कार्तिक ११, २०८१

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

जनकपुर विमानस्थलमा बोल्दै नेता निधिले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप ल्याएका हुन्।

नेता निधिले भने,'म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ।'

सरकारले पुनःजनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै आएको बताए।

यो आपत्तिजनक कार्य मात्र होइन नभइ संघीयता विरोधी कदम पनि भएको उनले बताए ।

संघीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले भने उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताए।

जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी समेत दिए।

उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077