Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकार टिकाउनका लागि राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री ओली

सरकार टिकाउनका लागि राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री ओली

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने प्रष्ट पारेका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारे । उनले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गराए।

विगतमा आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि ।’

प्रधानमन्त्री ओलीले अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको दाबी गरे।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077