Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनकपुरबाट २२१ केजी गाँजासहित प्रकाश पक्राउ

जनकपुरबाट २२१ केजी गाँजासहित प्रकाश पक्राउ

आइतवार , कार्तिक ११, २०८१

धनुषा । धनुषा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा धनुषा प्रहरीबाट खटिए टोलीले २२१ केजी ३८ ग्राम गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

उनलाई जनकपुरधाम–१४ बाबा आयल सेन्टर अगाडिबाट लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख.१७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित २२१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077