Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बेलायत जानुअघि एआईजी, डीआईजी र एसएसपीमा बढुवा गर्ने तयारीमा आईजीपी

बेलायत जानुअघि एआईजी, डीआईजी र एसएसपीमा बढुवा गर्ने तयारीमा आईजीपी

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । नेपाल प्रहरीमा एकैपटक एआईजी, डीआईजी र एसएसपीमा बढुवाको तयारी अघि बढेको छ । दुई एआईजी, सात डीआईजी तथा २० एसएसपीमा बढुवाको लागि गृहकार्य अघि बढेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन कात्तिक १८ गते बेलायत जाँदैछन् । त्यसअघि नै बढुवा गर्ने उनको तयारी छ ।

एआईजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिक तथा रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउँदैछन् । रिक्त हुने पदमा डीआईजीद्वय दुर्गा सिंह र बुद्धिराज गुरुङको सम्भावना छ ।

यद्यपी अन्य डीआईजी पनि दौडधुपमा छन् । अवकाश हुनुअघि नै बढुवा सिफारिस गर्न लागिएको छ । त्यस्तै, डीआईजीकाे सात पदमा २६ एसएसपीबीच प्रतिस्पर्धा छ । जसमा धेरै जसो गुप्तचरबाट आएका बदनाम भएका एसएसपीहरू छन् ।

एसएसपीका २० पदमा पनि एसपीहरुबीच कडा टक्कर छ । जसकारण तिहारअघि सहमति हुने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077