Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार

बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार

आइतवार , कार्तिक ११, २०८१

एजेन्सी । बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् ।

केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताएका हुन् ।

“म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार थियो ।”

अन्तर्वार्ता गर्ने रेडियो स्टेशन कौसाचुन कोकाले मोरालेस सवार भएको गोली लागेको पिकअप ट्रकको भिडियो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077