Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राज्य व्यवस्था समितिले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दै

राज्य व्यवस्था समितिले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दै

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको छ ।

अख्तियारको ऐन संशोधनबारे छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको हो ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो ।

बैठक मध्याह्न सवा १२ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077