Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपालाई उपप्रधानमन्त्री सिंहको प्रश्न - वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नुपर्दैन ?

रास्वपालाई उपप्रधानमन्त्री सिंहको प्रश्न - वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नुपर्दैन ?

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताए।

उपप्रधानमन्त्री सिंहले भने,‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ ।वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन? हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन्? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन?’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई लक्षित गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिहरू हौं भन्नेहरूले कानुनको पालना गर्नुपर्ने पनि बताए।

सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरामा अनुसन्धान गर्दैछ।

सभापति पक्राउ विरोधमा रास्वपाले पोखरा, काठमाडौंलगायत क्षेत्रमा सडक प्रदर्शन गरिराखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077