Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

आजको बैठकमा जाने भनिएपनि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका हुन्।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो।

प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077