Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकार भ्रष्टाचार निवारणको नीति अपनाउनेमा प्रष्ट छ : गृहमन्त्री लेखक

सरकार भ्रष्टाचार निवारणको नीति अपनाउनेमा प्रष्ट छ : गृहमन्त्री लेखक

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा सरकार अग्रसर रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

भ्रष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित गरेर प्रतिनिधिसभाको आगामी अधिवेशनमा प्रस्तुत गरिदिन पनि गृहमन्त्री लेखकले आग्रह गरे ।

गृहमन्त्री लेखकले भने,'अहिलेको सरकार भ्रष्टाचार निवारण, नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउनेमा प्रष्ट छ । भ्रष्टाचार निर्मुल गर्ने कार्यमा अगाडि बढ्न, शून्य सहनशीलताका साथ अगाडि बढ्नका लागि यी विधेयक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने आग्रह गर्न चाहन्छु ।'

सरकारले भ्रष्टाचार निवारणमा शून्य सहनशीलताको नीति लिएकाले संसदीय समितिबाट पनि कानुन निर्माणमा अग्रसरता देखाएर सहयोग गर्न आग्रह गरेका छन्।

गृहमन्त्री लेखकले यी दुवै विधेयक प्राथमिकतामा रहेकाले आगामी अधिवेशनबाट नै पारित गरी कार्यान्वयनमा ल्याउने वातावरण बनाउन समितिलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077