Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रविलाई थुनामुक्त गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह

रविलाई थुनामुक्त गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह गरेकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् । सुशासन समितिको बैठकमा सांसद कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरिन्।

सांसद कार्कीले भनिन्,‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु।’

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो, तर नआएकोमा सांसद कार्कीले समितिको बैठकमार्फत प्रधानमन्त्रीलाई आफूले यसअघि बोलेको कुरा नफेर्न आग्रह गरिन् ।

रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताइन् ।

यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको प्रक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077