Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि पनि छानबिन गर्नुपर्छ : गगन थापा

सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि पनि छानबिन गर्नुपर्छ : गगन थापा

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान हुनुपर्ने बताएका छन्।

राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गुरुङ र पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए।

महामन्त्री थापाले भने, अनुसन्धान गर्नेमात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ । यो देशमा जुनसुकै मानिस कांग्रेस, एमाले, रास्वपा, राप्रपा होस्, पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे, जोसुकै होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’

जुन पार्टीका नेता भए पनि नाम जोडिएपछि अनुसन्धान गर्न सरकारलाई महामन्त्री थापाले आग्रह गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077