Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भ्रष्टाचार र ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

भ्रष्टाचार र ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार, ठगी र अपराधजन्य घटनामा संलग्न सबैमाथि अनुसन्धान हुने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए । लामिछानेको पक्राउलाई लक्षित गर्दै गृहमन्त्री लेखकले कुनै पनि अपराधको अनुसन्धानमा कैलाई पनि काखापाखा नगर्ने बताए।

गृहमन्त्री लेखकले भने,‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ । कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’

गृहमन्त्री लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने स्पष्ट पारे ।

उनले प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको पनि बताए । उनले सरकार कानुनभन्दा बाहिर नजाने पनि दाबी गरे ।

सरकार गर्ने अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने भन्दै न्यायालयको अनुमति लिनुपर्ने बेलामा न्यायालयको समेत अनुमति लिएर सरकारले गर्ने गरेको मन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077