काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडिएको हो । यसदिन ३०७ स्क्रिप्सको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ हजार ९१२ रुपैयाँ खरिदबिक्री भएको छ।
आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
जानकी फाइनान्स र डोल्टी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो।
सो कम्पनीको ३३ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी समृद्धि फाइनान्सले २४ करोडको सेयर कारोबार गर्दा लाइफ इन्स्योरेन्सको १९ करोड,जानकी फाइनान्सको १६ करोड र पिपुल्स हाइड्रोपावरको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।