Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न भीम रावलको आह्वान

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न भीम रावलको आह्वान

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधेको भन्दै नेता रावलले यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।

तानाशाही शैलीमा जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने लगत कार्य गरेको बताउँदै उनले यसको विरोधमा उत्रिन आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं।'

एमाले सचिवालय बैठकको निर्णय अनुसार कात्तिक ६ गते रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण दिन ७ दिनको म्याद दिइएको थियो ।

रावलले भने आज स्पष्टीकरणपत्रको जवाफ बुझाउने अन्तिम दिन भएपनि स्पष्टीकरण दिएका छैनन् । पाण्डे र तिम्सेनाले भने स्पष्टीकरणपत्र बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077