Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा १५०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा १५०० रुपैयाँले बढ्यो

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार पाँचसय कायम भएको हो।

हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो। आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

चाँदी पनि आज उच्च मूल्यमा कारोबार भइरहेको छ। चाँदी पनि आज सर्वाधिक महँगो बनेको छ।

चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077