Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पक्राउ परेका नेता–कार्यकर्ता आधा घण्टामा नछुटे सशक्त आन्दोलन गर्ने रास्वपाको चेतावनी

पक्राउ परेका नेता–कार्यकर्ता आधा घण्टामा नछुटे सशक्त आन्दोलन गर्ने रास्वपाको चेतावनी

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले पक्राउ परेका नेता–कार्यकर्ता आधा घण्टामा नछुटे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेता ढकालले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएहा हुन् ।

सांसद ढकालले भने‚‘आधा घण्टाको बिचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौँ।’

कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले सडक आन्दोलन गरिरहेको छ ।

सो क्रममा आज बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077