Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस, एमाले र माओवादीले देश बर्बाद बनाए : राजेन्द्र लिङ्देन

कांग्रेस, एमाले र माओवादीले देश बर्बाद बनाए : राजेन्द्र लिङ्देन

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रले देशलाई बर्बाद बनाएको आरोप लगाएका छन् ।

पार्टीको कीर्तिपुर नगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् ।

तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ ।

अध्यक्ष लिङदेनले भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । म फेरि पनि भन्छु-नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’

अध्यक्ष लिङदेनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए।

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077