Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो : स्वर्णिम वाग्ले

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो : स्वर्णिम वाग्ले

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।

बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले रविलाई जस्तै आरोप लागेका कांग्रेस एमालेका नेताहरुलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाए।

सरकारले रविमाथि प्रतिशोध साधेको पुष्टी भइसकेको उनले बताए । रविलाई जस्तै आरोप लागेकाहरू सजिलै हिँडिरहेका भन्दै सत्ताको आडमा उन्मुक्ति दिन खोजे अस्वीकार्य हुने बताए ।

सभापति लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरिरहेको छ ।

रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077