Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने भएका छन्।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका हुन्।

मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो। सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने प्रयास गरेपनि सफल हुन् सकेको छैन् ।

त्यसोत गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए।

भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तोसमेत दिए पनि मोदीले भने उनलाई भारत भ्रमणको निम्तो दिएका थिएनन्।

भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077