Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

४६ अंकले नेप्से बढ्दा ६ अर्ब १२ करोडको सेयर कारोबार

४६ अंकले नेप्से बढ्दा ६ अर्ब १२ करोडको सेयर कारोबार

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४६.६९ अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा अडिएको हो। नेप्से उच्च अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन्।

कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन ३१९ स्क्रिप्सको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ५ अर्ब ३४ करोड मूल्य बराबरको कारोबार भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसदिन नन लाइफ इन्स्योरे‍न्सको सेयर सर्वाधिक ३.६० प्रतिशतले बढ्यो । कारोबारमा आएका २२१ स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077