Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारले गर्‍यो भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन

सरकारले गर्‍यो भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । सरकारले भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिए । आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की रहेका छन् ।

त्यस्तै सदस्यहरुमा महोत्तरीका गुन्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ, दार्चुलाका गोबर्द्धन ओली, तनहुँकी आरती भण्डारी, कैलालीका टेकबहादुर शाह, सिन्धुपाल्चोकका जगतबहादुर बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077