Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नईम कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख

नईम कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख

बुधवार , कार्तिक १४, २०८१

एजेन्सी । हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिमलाई नियुक्त गरिएको छ ।

गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका नसरल्लाहको उत्तराधिकारीको रुपमा हिजबुल्लाहले मङ्गलबार उपप्रमुख नईमलाई आफ्नो प्रमुख घोषणा गरेको हो।

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशिम सफिद्दिन सुरुमा नसरल्लाहको उत्तराधिकारी हुने अनुमान गरिएको थियो ।

तर उनी पनि नसरल्लाहको हत्यापछि छोटो समयमै बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा मारिए पछि नईमलाई नयाँ प्रमुखको रुपमा चुनिएको छ।

७१ वर्षीय कासिम सन् १९८२ मा हिजबुल्लाहका संस्थापकहरूमध्येका एक हुन् र नसरल्लाहले नेतृत्व सम्हाल्नुभन्दा एक वर्षअघि सन् १९९१ देखि उनी पार्टीको उप–महासचिवको रुपमा काम गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077