Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

संघीयता र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल

संघीयता र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल

बुधवार , कार्तिक १४, २०८१

बिराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने बताएका छन्।

बिराटनगर बिमानस्थलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनका विषयवस्तु र प्रक्रियाबारे छलफल भइरहेको भन्दै मुलुकको उपलब्धीलाई बाधा पुग्नेगरी संविधान संशोधन नगरिने बताए।

संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संशोधन गरिने उपाध्यक्ष पोखरेलले बताए।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए ।

सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकूल नदेखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077