Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आत्मसमीक्षा गरेर सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरौँ : प्रचण्ड

आत्मसमीक्षा गरेर सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरौँ : प्रचण्ड

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘हामी एक ठाउँमा बसौँ, मिलेर अघि बढौँ भनेर आदर्शको कुरा गरेर मात्रै हुँदैन। त्यसका लागि प्रत्येक कम्युनिष्ट नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्‍यो। हामीले त्यो सोचेर आफूले कम्युनिष्ट आन्दोलनमा लागेपछि गरेका कामको समीक्षा गरौँ। गल्तीको पनि समीक्षा गरौँ। पार्टीको तर्फबाट पनि समीक्षा गरौँ। त्यसपछि पार्टीपार्टीभत्र पनि आत्म समीक्षा गर्न सकिन्छ। त्यस कारणले म सबैलाई त्यतापट्टि विचार गर्न आग्रह गर्छु।’

प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकताको आह्वान गरे । उनले कोही पूर्वाग्रह त्यागेर एकताबद्ध भएर बढ्ने प्रयास गर्न आग्रह गरे।

उनले कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका कामको समीक्षा गर्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको वीरताको गाथा गाएर मात्र समाजवादमा पुग्न नसकिने भन्दै त्यसका लागि वैचारिक स्पष्टता चाहिने जिकिर गरे ।

अहिले पनि धेरै जनमत कम्युनिस्ट पार्टीमै रहेकाले इमानदारिताका साथ अगाडि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या बोलाइ र गराएमा फरक भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077