Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सहकारी ठगीमा धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

सहकारी ठगीमा धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

बुधवार , कार्तिक १४, २०८१

पोखरा । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान हुने बताएका छन्।

बुधबार पोखरामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । मुख हेरेर नभई तथ्य प्रमाण हेरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान हुने गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले भने,‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ । यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुने बताए । जुन पार्टीका नेता भए पनि नाम जोडिएपछि अनुसन्धान गर्न सरकार नडराउने गृहमन्त्री लेखकको भनाई छ ।

पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको उनले बताए ।

उनले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077