Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसले गठन गर्‍यो स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति

कांग्रेसले गठन गर्‍यो स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहने गरी समिति गठन गरिएको हो । उपसमितिमा ९ जना सदस्य रहेका छन् ।

सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार सदस्य छन् ।

त्यस्तै, प्रवक्ता डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य रहेका छन् । प्रकाश शर्मालाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077