Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

करिब ३ लाख रुपैयाँ बराबरका पटाका कैलालीमा बरामद

करिब ३ लाख रुपैयाँ बराबरका पटाका कैलालीमा बरामद

बुधवार , कार्तिक १४, २०८१

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न भारतीय नाकाहरुबाट तस्करी भई ल्याइएका करिब २ लाख ८७ हजार ७५० रुपैयाँ बराबरका पटाका नियन्त्रणमा लिएको छ।

धनगढी उप-महानगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएका यी पटाकाहरू जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।

कैलाली प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकबाट १ लाख २९ हजार ९५० रुपैयाँ बराबरका बिभिन्न प्रकारका पटाकाहरू बरामद भएका छन् ।

यस्तै, वडा नं. ९, त्रिवेणीघाटबाट १ लाख ८०० रुपैयाँ बराबरका पटाकाहरू र वडा नं. ८, बुद्ध चोकबाट ५७ हजार रुपैयाँ बराबरका पटाकाहरू नियन्त्रणमा लिइएको छ।

प्रहरीले बरामद पटाकाहरूको संकलन गरी थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077