Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण

सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराएका छन् ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले बुधबार मनोनयन भएका १८ सदस्यलाई शपथग्रहण गराएका हुन् ।

कार्यक्रममा सभापति देउवाले उद्देश्यअनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिए ।

शपथ ग्रहणपछि पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको सभापतित्वमा प्रतिष्ठान कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077