Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल विभिन्न संस्कृति भएको देश हो : सभापति देउवा

नेपाल विभिन्न संस्कृति भएको देश हो : सभापति देउवा

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवम् विभिन्न संस्कृति भएको देश भएको बताएका छन् ।

बिहीबार तिहार पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निहित बन्धुत्व भावले विविधता बिचमा पनि अनुपम एकता कायम गरेको बताए ।

‘‘तिहारले पनि हामी बिचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’’ शुभकामना सन्देशमा भनिएको छ ।

यसैगरी उहाँले नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077