Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमाले यही पाराले चले मिसन ८४ मा हावा खान्छ : सञ्चारमन्त्री गुरुङ

एमाले यही पाराले चले मिसन ८४ मा हावा खान्छ : सञ्चारमन्त्री गुरुङ

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेकपा एमालेको उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले यही पाराले चले मिसन ८४ ले हावा खाने दाबी गरेका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए।

सञ्चारमन्त्री गुरुङले भने,‘अहिले हामीले मिसन ०८४ भनेका छौं। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ । त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरुको आस्थाको केन्द्र एमाले बनाउनुपर्छ । सबैलाई एमालेमा ल्याउनुपर्छ । त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन । अरु पार्टीका राम्रा नेताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’

उनले अहिलेको पाराले मिसन ०८१ ले हावा खाने टिप्पणी गरे । उनले पार्टीका सबै नेता कार्यकर्ता कमजोरीको पनि समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

सञ्चारमन्त्री गुरुङले कांग्रेस एमाले मिलेर बनाएको सरकारले अपेक्षाअनुसार काम गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077