Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अछामबाट लागुऔषधसहित पसल सञ्चालक पक्राउ

अछामबाट लागुऔषधसहित पसल सञ्चालक पक्राउ

बिहिवार , कार्तिक १५, २०८१

अछाम । प्रहरीले अछाममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका–३ टोटासालका ५८ वर्षीय पुरन कुँवरलाई ३० ग्राम लागुऔषधसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनी टोटासालमा मिलन किराना पसल सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

साँफेबगर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कुँवरलाई आफ्नै किराना पसलबाट चरेस जस्तो देखिने कालो ठोस पदार्थसहित नियन्त्रणमा लिएको उनले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077