Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि मलाई सत्ताच्युत गरे : प्रचण्ड

ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि मलाई सत्ताच्युत गरे : प्रचण्ड

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नु परेको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको दाबी गरे ।

आफूले गरेका कामहरू राम्रोसँग जनतालाई बुझाउने अवसरका रूपमा आफूले लिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077