Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हवल्दार जोशी पूर्पक्षका लागि कारागार चलान

हवल्दार जोशी पूर्पक्षका लागि कारागार चलान

बिहिवार , कार्तिक १५, २०८१

बैतडी । नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका-२ क किशोरी बेपत्ता बनाएको आरोप लागेका हवल्दार जोशीलाई मंगलबार जिल्ला अदालत बैतडीले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका-२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पञ्चेश्वर-२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्मर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो ।

किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बेपत्ता किशोरीको खोजीकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077