Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

शुक्रवार , कार्तिक १६, २०८१

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । ८३७ स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077