Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान हो : प्रचण्ड

सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान हो : प्रचण्ड

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका छन् ।

तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरूको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विविधतायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरूको मौलिक पहिचान भएको पनि बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यो वर्ष बाढी पहिरोका कारण मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरे पनि संकटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077