Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

शुक्रवार , कार्तिक १६, २०८१

दार्चुला । सशस्त्र प्रहरी बलमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–६ का ३२ वर्षीय तुलाराम बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कैलालास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरियाबाट बिकलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिएका बिकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगीसम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बिक दार्चुलाका इन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाइदिन्छु भनी विश्वास दिलाएर पटक–पटक गरी पाँच लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077