Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

शुक्रवार , कार्तिक १६, २०८१

रौतहट । सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक वृद्धाको मृत्यु भएको छ।

परी फतुवा–बिजयपुर नगरपालिका -११ बुट्वा–राङी की ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिजयपुरका अनुसार जंगली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, उनका श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्णरूपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्‍याएको छ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन वन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077