Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उत्तर कोरियाले भन्यो - युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहन्छौँ

उत्तर कोरियाले भन्यो - युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहन्छौँ

शनिवार , कार्तिक १७, २०८१

एजेन्सी । उत्तर कोरियाले युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने घोषणा गरेको छ ।

उत्तर कोरियाका विदेश मन्त्री चो सोन हुईले विजयसम्म सधैँ रुसी सेनासँग उभिने समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् ।

यसअघि नै अमेरिकाले आउँदा दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ । सन् २०२२ फेब्रुअरीमा रुस–युक्रेन युद्ध शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077