Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायलको आक्रमणबाट गाजामा ८४ जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा ८४ जनाको मृत्यु

शनिवार , कार्तिक १७, २०८१

एजेन्सी । गाजामा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा परी ५० बालबालिकासहित ८४ जनाको ज्यान गएको छ।

अमेरिकाले त्यस क्षेत्रमा थप सैन्य सहयोग गरिरहेको छ। यसमा जल सेनाका लागि वार सीप, जेट विमान तथा लामो दुरी बम आक्रमण गर्ने सामग्री लगायत छन्।

अहिले लेबनानबाट इजरायलमा पनि आक्रमण भइरहेको इजरायली रक्षा मन्त्रालयले लेबनानमा ३ रकेट प्रहार भएको तथा अहिले पनि साइरन बजिरहेको जनाएको छ ।

यसैबिच मध्यपूर्वमा अमेरिकाले थप सेना पठाउने भएको छ। पेन्टागनले त्यहाँ रहेका आफ्ना नागरिकलाई जोगाउनका लागि थप सेना पठाउन लागेको जनाएको छ।

अहिले उत्तरी गाजामा युद्ध र बमवारिको कारण मात्र समस्या उत्पन्न भएको छैन।

विभिन्न सङ्क्रामक रोगको जोखिम, पानी तथा खाद्यान्नको अभाव तथा अस्पतालको कमजोर स्वास्थ्य संयन्त्रका कारण त्यस क्षेत्रको अवस्था अझ धेरै दुरावस्थाको सम्भावना रहेको राष्ट्र संघले समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077